सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली सुन देखाएर चोरी, चार जना पक्राउ

बिहीबार, ०४ फागुन २०७९, २० : १०
बिहीबार, ०४ फागुन २०७९

 वीरगन्ज । नक्कली सुन देखाई ठगी गर्ने चार जना वीरगन्जबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–१० बस्ने रामबिर चौधरी, सोही नगरपालिका –६ बस्ने लालबाबु राय यादव, वडा नम्बर १७ बस्ने अवधेश कुमार राय र वडा नम्बर १८ बस्ने राकेश कुर्मी रहेका छन् ।

पक्राउ परेका चारैजनाले वीरगन्ज महानगरपालिका–१५ स्थित हिमालयन होटल अगाडि सडकखण्डमा बीआर १ पी ०६४९ नम्बरको स्कारपियो गाडीमा बसी सर्वसाधारणलाई एक किलोको नक्कली सुनको बिस्कुट देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नक्कली सुनलाई नियन्त्रणमा वीरगन्ज सुन चाँदी व्यवसायी संघमा परीक्षण गराउँदा नक्कली भएको प्रमाणित भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

पक्राउ परेका चारै जनालाई ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको गिरीले बताए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप