सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधसहित युवक पक्राउ

शुक्रबार, ०५ फागुन २०७९, ११ : ३०
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । लागु औषधसहित प्रहरीले पर्साबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१० घर भएका २० वर्षीय सुजन ठकुरी छन् । 

उनलाई पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले १५ एम्पुल डाइजेपाम, १५ एम्पुल नुरफिन र फेनारगन १५ एम्पुल बरामद गरेको छ । टेपले कम्मरमा बेरेर लागु औषध लिएर हिँडेको अवस्थामा उनी पक्राउ परेका हुन् । उनको साथबाट २८० ट्याब्लेट नाइट्राजेपाम ट्याब्लेट पनि बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप