सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा राजधानीबाट ४ जना पक्राउ

शुक्रबार, ०५ फागुन २०७९, १२ : २१
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ‘अनलाइन बेटिङ’ गराएको आरोपमा काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको हो  ।
काठमाडौँ प्रहरीले ३ जनाशंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता (एसपी)सञ्जयसिंह थापाले जानकारी दिए । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप