आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मलेसियामा बसेर महिलाको चरित्रहत्या, नेपाल फर्किने क्रममा विमानस्थलबाटै पक्राउ

शुक्रबार, ०५ फागुन २०७९, १४ : १८
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । मलेसियामा बसेर महिलाको चरित्र हत्या गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलेसियाबाट फर्किने क्रममा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ५ स्थित टिकुलियाका २२ वर्षीय हरिहर प्रसाद यादव रहेका छन् । 

पीडित महिलाको नाबालिकाबहिनी समेत सँगै भएको तस्विर प्रयोग गरी उनलेसामाजिक सञ्जालमा चरित्रहत्या गरेको उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको थियो । वैदेशिक रोजगारीमा रहेका उनले पीडितका परिवारलाई समेत मानसिक तनाव, दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगको आधारमा  उनलाई मलेसियाबाट नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए । 

उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई बिहीबारको आदेशले दिन ५ दिन म्याद थप भएर आवश्यक अनुसन्धान कार्य भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप