मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुर कप खुला फुटबल सुरू

शुक्रबार, ०५ फागुन २०७९, १४ : ३३
शुक्रबार, ०५ फागुन २०७९

भक्तपुर । भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुनेछ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु भएको हो । प्रतियोगिताको विजेताले १ लाख २५ हजार र उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा देशका विभिन्न जिल्लाहरुबाट १६ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच सुरु भएको छ ।  अनुशासन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले गतवर्ष २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप