आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय शिक्षा ऐन अहिलेको संसद्को प्राथमिकतामा छ : गगन थापा

शुक्रबार, ०५ फागुन २०७९, १४ : ५३
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संघीय शिक्षा ऐन संसद्को प्राथमिकतामा रहेको बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको संघीय शिक्षाका नीतिगत सवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले पहिलो संसद् संघीय शिक्षा ऐन ल्याउनमा चुकेको बताए ।  अहिले राजनीतिक गतिविधि अन्यत्र मोडिएको भन्दै यसको समस्या समाधान भएपछि संसद्को प्राथमिकता संघीय शिक्षा ऐन हुने बताए । 

‘पहिलो पाँच वर्षमा संघीय शिक्षा ऐन ल्याउन चुक्यौं । त्यो बेला हामी ल्याउनुपर्छ/गर्नुपर्छ भनेर मात्र बोल्यौ । यो पटक हाम्रा कार्यशैली परिवर्तन गरेर काम गर्नतिर लागेका छौं । संसदको प्राथमिकतामा संघीय शिक्षा ऐन हुन्छ’ उनने भने ।  संघीय शिक्षा ऐन अहिले छलफलका लागि मन्त्रिपरिषद् कार्यालयको विधेयक व्यवस्थापन समितिमा छ । शिक्षा मन्त्रालयपछि अर्थ र कानून मन्त्रालयमा लामो समय थन्किएको थियो । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको जोडबलमा मन्त्रिपरिषद्मा पेस गरिएको थियो । उक्त मस्यौंदामा केही अस्पष्टता तथा थपघट गर्नुपर्ने भन्दै मन्त्रिपरिषद् बैठकले विधेयक व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको थियो । जुन अहिले पनि त्यही छ ।  

राजनीतिक दलबीच आपसी सहमति नमिल्दा संघीय शिक्षा ऐन अझै आउने सकेको छैन्  ।  सरकारले उक्त ऐनको मस्यौदा गोप्य राखेको छ । ऐनको मस्यौदामा के कस्तो व्यस्था गरिएको भन्ने कुरा आफुहरूले समेत थाहा नपाएको थापाको भनाई छ । ऐनको मस्यौदा संसद्मा पेश गर्ने दायित्व सरकारको भएको भन्दै सरकारको ढिलाई कारण संसद्ले ऐनमाथि छलफल गर्न नपाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप