सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कन्हैयाको गजल ‘अचानक’मा गजित विष्ट र अञ्जलीको अभिनय

शुक्रबार, ०५ फागुन २०७९, १६ : २१
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह परियारको नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजक छ । 

गजलको भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीको अभिनय छ । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नवीन निरौला यसका सम्पादक हुन् । 

गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ । गजलको भिडियो कन्हैयासिंह परियारको युटुव च्यानलमा हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप