सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमबीबीएस टपर डाक्टर भन्दै ठगी गर्ने दुई युवती प्रहरीको फन्दामा

शुक्रबार, ०५ फागुन २०७९, १८ : ०६
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । एमबीबीएस टपर डाक्टर र उच्च पदस्थ कर्मचारीको छोरीको रूपमा आफूलाई चिनाएर ठगी गर्ने कार्यमा संलग्न दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा घर भई काठमाडौँको खिचापोखरी बस्ने ३२ वर्षीया उषा कार्की र चितवन घर भई खिचापोखरीमै बस्ने २० वर्षीया निकिता सुवेदी रहेका छन् । 

उनीहरुले पीडितको मोबाइल नम्बरमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी भएको तथा  काठमाडौँको बाँसबारीमा घर रहेका र यूनिभर्सिटिबाट एमबीबीएस टपर  डाक्टर भएको भन्दै प्रभावमा पार्ने गरेका थिए । 

यस्तै हाल विद्यालय सम्बन्धी  शैक्षिक कार्यक्रम लगायत बिद्यार्थीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने काम गर्ने गरेको झुट्टा बहाना बनाई ईसेवा वालेटमा रकम पठाउन लगाएर ठगी गरेको उजुरी परेको थियो । 

उनीहरूलाई खोजतलास गर्दै जाने राजधानीबाट पक्राउ गरिएको हो । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि शुक्रबार  जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप