सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

शुक्रबार, ०५ फागुन २०७९, १९ : ४१
शुक्रबार, ०५ फागुन २०७९

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले तीन जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार चरेस तथा लागूऔषधसहित उनीहरु पक्राउ गरेको हो ।

बिहीबार इलाका प्रहरी कार्यालय, गुलरियाको समूहले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का बलवीर भट्टलाई ४१ ग्राम चरेससहित पक्राउ गरेको हो । उनको पसलबाट चरेस बरामद गरेको प्रहरीले बताएको छ । 

शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको कुकुरसहितको प्रहरी समूहले जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ९ का पुकार पाण्डे र भीमदत्त नगरपालिका वडा नम्बर ६ का प्रेमराज जोशीलाई लागूऔषधसहित पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार सु.प.प्र. ३७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट दुई दशमलव ३० ग्राम चरेस, एक थान कोरेम्स सिसि, दश थान स्पास फेला परेको हो । न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप