सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ल्होत्से मलबाट मोबाइल लुट्ने एक युवक भैरहवाबाट पक्राउ

शुक्रबार, ०५ फागुन २०७९, २१ : ३७
शुक्रबार, ०५ फागुन २०७९

बुटवल । काठमाडौँको ल्होत्से मलमा मोबाइल लुटेको आरोपमा भैरहवाबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका ६ बस्ने १८ वर्षीय कमल कार्कीलाई लुटपाटमा संलग्न भएको आरोपमा भैरहवाबाट नियन्त्रणमा लिएको हो ।

कार्कीबाट चोरीका तीन थान मोबाइल पनि बरामद भएको  रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । चोरी गरी फरार भएका आरोपी कार्कीलाई सिद्धार्थनगर नगर पालिकाको–३ बाट  पक्राउ  गरी काठमाडौँ पठाएको प्रहरीले जानकारी दिएको छ ।

फागुन १ गते यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा काठमाडौँ महानगरपालिका २६ गोङ्गबुस्थित नयाँ बसपार्कमा रहेको लोत्से मलमा रहेका केही मोबाइल पसलमा लुटपाट भएको थियो । अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल  प्रालिमा तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल लगायतका सामग्रीहरु लुटिएका थिए ।

ती घटनाका आरोपीहरुलाई प्रहरीले अहिले विभिन्न ठाउँबाट पक्राउ गर्ने क्रम जारी राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप