सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको १५ वर्षः ३७ जिल्ला जोखिममुक्त

आइतबार, १३ फागुन २०७४, १२ : ४३
आइतबार, १३ फागुन २०७४

काठमाडौं–  हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम शनिबारदेखि सुरु भएको छ । कार्यक्रम सोमबारसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

गत वर्ष ३० जिल्लाका नागरिकलाई खुवाईएको यो औषधि यो वर्ष २४ जिल्लाका नागरिकलाई मात्रै खुवाईने छ । २४ जिल्लाका ९१ लाख ५४ हजार नागरिक हात्तिपाइले रोगेको जोखिममा रहेको सरकारी तथ्याङ्कलाई मध्येजनर गर्दै अहिले कार्यक्रम संचालन भईरहेको महाशाखाले जनाएको छ । 

 यो वर्ष  पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैलडी, डडेल्धुरा र कञ्चनपुरमा हात्तीपाईलेको औषधि खुवाइन लागिएको हो । 
 

बास्तविक रोगीको संङ्ख्या छैन
  जोखिमको तथ्याङ्क भए पनि सरकारसंग हात्तीपाईले रोग लागि सकेकाहरुको भने तथ्याङक छैन् । जोखिमको कार्यक्रम सके पछि रोग लागिसकेका नागरिकको लागि कार्यक्रम संचालन गर्ने योजना रहेको छ । तर नेपालमा बास्तविक हात्तीपाइले रोगीको संङख्या भने सरकारसंग छैन । अहिलेसम्म अनुमानित हाईड्रोशिलको लक्ष्यण ३२ हजारमा देखिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक तुलसी अधिकारीले बताए । त्यो पनि ४ जिल्लाको अनुमानित तथ्याङक हो । तर सबै रोगीको तथ्याङक ३ गुणा बढीहुने अनुमान गरिएको छ । 

सन् २०१५  देखि केही मात्रमा रोग लागिसकेका नगरिकको लागि कार्यक्रम संचालन भईरहेको छ । जस अन्तर्गत ६४ अस्पतालबाट ७ हजार ९ सय ५६ जनाले हाईड्रोशिलको सर्जरी गरिसकेका छन् । हात्तीपाइले रोग निको नहुने रोग हो ।  

मुटुको रोगी, कलेजी रोगी, गर्भवती महिला, ५ वर्ष मुनिको कुपोषित बालबालिका, २४ घण्टा भित्र ज्वरो नआएको व्यक्तिलाई हात्तिपाइलेको खुवाउन नहुने चिकित्सकहरु बताउँछन् । 
 

२०२० सम्म हात्तीपाइले निवारण 
हात्तीपाइले लिमफयटिक फाइलेरिया ब्लडमा हुने जुगाँ हो । यो फाइलेरिया मानव शरिरमा भएको खण्डमा महिलाको स्तन सुन्निने, हातखुट्टा सुनिन्ने हुन्छ । विश्व स्वास्थ्य संगठन सन् १९९७ मा नै हात्तीपाइले रोगीको प्रकोपदर एक प्रतिशत भन्दा कम बनाउने जनाएको थियो ।  विश्वामा यो औषधि खुवाउने अभ्यास चीनले गरेको थियो । औषधिले राम्रो नतिजा देखाएको कारण अन्य देशमा पनि हात्तीपाइले रोगको औषधि खुवाउन सुरु गरिएको हो ।

हात्तीपाइले रोगको सर्वे गर्दा विश्वमा १ प्रतिशत भन्दा बढी ९० वटा देशमा यो रोगको बिरामी देखिएको थियो । यसै अनुरुप नेपालले पनि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य सहित २००३ मा कार्यक्रम सुरु गरेको हो । 
चीनले दक्षिण कोरियाले २००७  र श्रीलंकाले गत वर्ष नै हात्तीपाइले रोग निवारण घोषणा गरिसकेको छ ।
 

जोखिमको संख्या घट्दै 
नेपालमा सन् २००३ ,२००५ र स्न २०१२ मा गरिएको अध्ययनमा ७५ मध्ये ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम देखिएको थियो । नेपालमा हात्तीपाईले रोगको जोखिममा धेरै नेपाली नागरिक भएको कारण औषधि खुवाउनु पर्ने भन्ने निणर्य अनुसारनै स्न २००३ बाट हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको हो । 

हात्तीपाइले रोग निवारणको औषधि खुवाउने कार्यक्रम सुरु गरिएको  १५ वर्षको अवधिमा ३७ जिल्लामा औषधि खुवाउन बन्द गरिएको  छ । अर्थात जोखिम देखिएको जिल्ला जोखिम मुक्त भईसकेका छन् ।

हाल २४ जिल्ला मात्रै यो रोगका जोखिममा रहेको स्वास्थ्य विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर भिम आचार्यले बताए । अबको २ वर्ष अर्थात सन् २०२० मा देशलाईनै हात्तीपाईले रोग निवारणको घोषणा गर्ने महाशाखाले जनाएको छ । रोगीहरुको उपचार व्यवस्थापन तथा थप अपाङ्गता हुनबाट बचाउनको लागि सरकारले निशुल्क उपचार गर्दै समेत आईरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप