नापोलीलाई १८ अंकको अग्रता
शनिबार, ०६ फागुन २०७९, ०९ : ५६
नापोली । सासुलोलाई हराउँदै नापोलीले इटालियन सिरिए एको शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ । शुक्रबार राति भएको खेलमा नापोली २–० गोलले विजयी भएको हो ।
नापोलीको जीतमा ख्भीचा क्भारातस्खेलिया र भिक्टर ओसिम्हेनले १–१ गोल गरे । क्भारातस्खेलियाले खेलको १४ औँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए भने ओसिम्हेनले ३३ औँ मिनेटमा टोलीका अग्रता दोब्बर बनाए ।
उनले यो सिजन नापोलीका लागि सबै प्रतियोगितामा १९ गोल गरिसकेका छन् । लिगमा यो उनको लगातार सातौँ खेलमा गोल थियो । २३ खेलबाट नापोलीको ६२ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलान ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।