नामिबियाविरुद्धको खेलमा सन्दीपले लिए दुई विकेट
शनिबार, ०६ फागुन २०७९, १० : ४३
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ। नेपालका लागि दुवै सफलता पूर्व कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन्। २३ ओभरको खेल सकिँदा नामिलिबयाले २ विकेटको क्षतिमा ८६ रन जोडेको छ।
नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।