सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटना

सबै जना सकुशल

शनिबार, ०६ फागुन २०७९, १३ : ०४
शनिबार, ०६ फागुन २०७९

१९७४ एडी ब्यान्डका सदस्य सवार गाडी झापामा दुर्घटनामा परेको छ । गाडीमा सवार सबै जना सकुशल रहेको ब्यान्डका सदस्य निराकार याकथुम्बाले बताए ।

दुर्घटना शनिवार बिहान झापाको चन्द्रगढीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको गाडीमा आफू नभएको र उक्त गाडीमा मनोज केसीलगायत क्रु सदस्य रहेको निराकारले रातोपाटीलाई बताए । साइकल यात्रीलाई जोगाउने क्रममा गाडी दुर्घटनामा परेको उनले बताए ।

उनले भने, ‘जिप नराम्रोसँग दुर्घटनामा पर्‍यो । तर भाग्यवश, कसैलाई केही भएन । एउटा ठुलो दशा टर्‍यो । ’

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार बा २१ च २२८५ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप