ढोकाको ताला फुटाएर १० तोला सुन र नगद चोरीे
शनिबार, ०६ फागुन २०७९, १८ : ००
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ का विभिन्न स्थानमा चोरी भएको छ । गाउँपालिकाको धारु बस्ने हरि माया थापाको घरबाट ढोकाको ताला फुटाई १० तोला बराबरको सुनको विभिन्न गरगहना र नगद ६२ हजार रुपैयाँ चोरी भएको हो ।
त्यस्तै सोही ठाउँ बस्ने दिल माया परियारको घरबाट करिब आधा तोला बराबरको १ थान तिलहरी शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।