सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शान्तदासलाई युद्धप्रसाद मिश्र पुरस्कार

शनिबार, ०६ फागुन २०७९, १९ : ०५
शनिबार, ०६ फागुन २०७९

काठमाडौँ । अग्रज नेपाली बाल साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार -२०७९ प्रदान गरिएको छ । शनिबार काठमाडौँमा आयोजित ३३ औँ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा शान्तदासलाई सो पुरस्कार समर्पण गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौलाको अध्यक्षता र महासचिव नन्दु उप्रेतीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार, पूर्व मन्त्री माननीय रघुजी पन्तले वरिष्ठ बाल साहित्यकार एवम् शिक्षासेवी शान्तदास मानन्धरलाई सम्मान गरेका थिए। सम्मान गर्ने क्रममा प्रमुख अतिथि पन्तले पुरस्कृत प्रतिभा शान्तदासले नेपाली साहित्यका विविध पाटोमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै कवि युद्धप्रसाद मिश्रलाई गहिरो गरी चिन्ने व्यक्ति मानन्धर भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप