आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोलियोविरुद्धको खोप नलगाएमा हुनसक्छ स्थायीरुपमा पक्ष घात

आइतबार, ०७ फागुन २०७९, १२ : २८
आइतबार, ०७ फागुन २०७९

  काठमाडौँ ।  पाँच वर्षसम्मका बालबालिकालाई पोलियो विरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्ष घात हुन सक्छ । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियो विरुद्धको खोप लगाउनुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पोलियो सङ्क्रमणले स्थायीरुपमा पक्षाघात भएकामध्ये ५ प्रतिशतदेखि १० व्यक्तिको मृत्यु समेत हुने गरेको छ ।

यति मात्रै होइन कोही एकजना व्यक्तिमा  भाइरस रहेसम्म  पोलियो फैलन सक्छ । त्यसैले सबै शंडकास्पद रोगीको खोजपड्ताल जाँच र अनुसन्धान अनिवार्य हुनुपर्छ  । अतिशीघ्र लुलो पक्षघातको लक्षण १५ वर्षभन्दा कम उमेरका कुनै बालबालिकामा देखिए नजिकको स्वास्थ्य संस्थालाई तुरुन्त खवर गरि पोलियोको जाँच र अनुसन्धानमा सहयोग मन्त्रालय आग्रह गरेको छ  । 

त्यसैले शिशुलाई सबै खोप मुख तथा सुइबाट समयमै दिनुपर्छ । नेपाल  सरकारले पोलियो विरुद्धको खोप एफ।आई। पीभी  १ वर्ष भित्रका बालबालिकाहरुका लागि  १४ हप्ता र ९ महिनामा गरी २ मात्रा खुवाउदै आएको छ । यदि खोप लगाउन  वा खुवाउन छुट भएमा ५ वर्षभित्रका सम्पूर्ण बालबालिकाहरूमा लागि ४ महिनाको फरकमा २ मात्रा दिनुपर्छ ।  अर्थात् १६ हप्ता खुवाउनुपर्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप