आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रजातन्त्र दिवसका अवसरमा डुठेचौरमा वृक्षरोपण

आइतबार, ०७ फागुन २०७९, १२ : ५८
आइतबार, ०७ फागुन २०७९

जुम्ला । २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ७३औँ प्रजातान्त्र दिवसको अवसरमा जुम्लाको तातोपानी गाउँपालिकामा वृक्षरोपण गरिएको छ । गाउँपालिका–५ मा पर्ने बाइसथाप्ला सामुदायिक वनको डुठेचौरस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नम्बर गणको नवनिर्मित भवन परिसरमा वृक्षरोपण गरिएको हो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइका अनुसार १ सय स्याउ, १० दाँते ओखर, २० धुपी, २० देवदार र २० सल्लाका बिरुवा रोपिएको छ । स्याउका बिरुवा स्याउ सुपरजोनले सहयोग गरेको थियो भने अन्य सबै बिरुवा डिभिजन वन कार्यालय जुम्लाले सहयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।

democracy (2)

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले स्याउको बिरुवा रोपेर कार्यक्रम उदघाटन गरेका थिए । उनले रोपेका बिरुवा हुर्काउन घेराबन्दी, सिंचाइ र रेखदेखको उचित व्यवस्थापन गर्न अनुरोध गरे । कार्यक्रममा चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायत, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, पातारासीका अध्यक्ष पुर्णसिंह बोहोरा, तातोपानीका अध्यक्ष  नन्दप्रसाद चौलागाई र विषयगत कार्यालयका प्रमुखहरुले वृक्षरोपण गरेका थिए ।

कार्यक्रममा गणपति रविन थापा, एसपी चेतराज जोशी, डीएसपी प्रल्हाद कार्की, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ्ग खत्री, भू–जलाधारका प्रमुख हिमालय साउद, स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख खेमराज शाही र उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा लगायत सहभागी थिए ।

democracy (3)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप