सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संगमको ‘जुलपी’ मा लोभिए नवराज

आइतबार, ०७ फागुन २०७९, १३ : ११
आइतबार, ०७ फागुन २०७९

काठमाडौंँ । कवि नवराज पराजुलीको नयाँ गीत ‘जुलपी’ सार्वजनिक भएको छ । मोहन बेघाको संगीत, नवराजकै शब्द र रिदम कँडेलको स्वरमा रहेको गीतले प्रेमकथा बोल्छ ।

कविता र गीत बाट्दै बाट्दै बनाइएको यो प्रयोगात्मक कलामा संगीत संयोजन रिदम कँडेलको छ । गीतको भिडिओमा नवराज पराजुली र संगम विष्टको अभिनय छ । स्टेजलाई नै लुडो बनाएर लुडोमै खेल्दै नाच्दै एक जोडी कहाँसम्म पुग्छन् भिडियोले देखाएको छ ।

संगम लामो समयपछि अभिनयमा देखिएकी हुन् । उनले धेरै अगाडि फिल्म ‘लभयु बाबा’ बाल कलाकारको रुपमा अभिनय गरेकी थिइन् । नवराज पराजुलीकै निर्देशन रहेको भिडियो योगेश दाहालले छायांकन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप