सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘प्रेमा’ को ‘मन मनमा’ गीत : अरुणसँग रोमान्टिक बनिन् शुभेक्षा

आइतबार, ०७ फागुन २०७९, १३ : ४०
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । १७ चैतबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेमा’ को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द रहेको गीतमा सुशान्तकै सङ्गीत छ । गीतमा फिल्मका मुख्य दुई कलाकार शुभेक्षा खड्का र अरुण क्षेत्रीको अभिनय छ ।

वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धजस्ता पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ । गीतका अधिकांश दृश्यमा मठमन्दिरसँगै काठमाडौं उपत्यका समेटिएको छ ।

फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’ को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप