आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्छ : अध्यक्ष ओली

आइतबार, ०७ फागुन २०७९, १४ : ४५
आइतबार, ०७ फागुन २०७९

विराटनगर । नेकपा एमालेले १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । 

सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । 

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् । 

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप