सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ए साथी सुन’ गीतमा यस्तो देखियो वर्षा र रमेशको प्रेम

आइतबार, ०७ फागुन २०७९, १६ : ४७
आइतबार, ०७ फागुन २०७९

काठमाडौँ । १० चैतबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ए साथी सुन’को टाइटल गीत सार्वजनिक भएको छ । 

सुरज अधिकारीको संगीत र रविना मगरको शब्द रहेको रोमान्टिक गीतमा अन्जु पन्त र किरण भुजेलको युगल स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता रमेश बानियाँ र अभिनेत्री वर्षा सिवाकोटीसँग रोमान्टिक अवतारमा देखिएका छन् ।

लभस्टोरी, थ्रिलर तथा कमेडी जनरामा निर्माण भएको फिल्ममा आर्यन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायत अभिनय देख्न सकिन्छ ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता बीना कार्की र सन्तोषकुमार राई हुन्, भने सह–निर्मातामा सञ्चारकर्मी सुदीप पौडेल रहेका छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशनमा बनेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, कुमार महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्का र मिराज अर्यालको सम्पादन, राजेन्द्र मोक्तान छ । फिल्मलाई वितरण आरआर फिल्म्सले गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप