आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चम्किलो छालाका लागि टमाटर खानुहोस्, अनि लगाउनुस् पनि

आइतबार, ०७ फागुन २०७९, १६ : ५५
आइतबार, ०७ फागुन २०७९

एजेन्सी  । टमाटर हरेक भान्साको लोकप्रिय अवयव हो । यसले खानाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार टमाटरमा भिटामिन–सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । तर टमाटर खानुको अलावा टमाटर छालामा लगाउनुका पनि धेरै फाइदाहरु छन् । जर्नल अफ फार्माकोग्नोसी एन्ड फाइटोकेमिस्ट्रीका अनुसार टमाटर छालाको लागि फाइदाजनक छ र छालाका कोशिकाहरू प्रतिस्थापन गर्न प्रभावकारी हुन्छ।  उदाहरणका लागि अनुहारमा टमाटर दल्दा अनुहारको छाला सफा मात्र हुँदैन तर छालाको छिद्रहरू पनि कसिलो ल्याउँछ हुन्छ।

टमाटर प्रयोग गर्ने तरिका

–टमाटरका टुक्राहरू काट्नुहोस् (पिसेर पनि गर्न सकिन्छ) र त्यसलाई तपाईंको छालामा राम्ररी रगड्नुहोस् । यसलाई पन्ध्रदेखि बीस मिनेटसम्म राख्नुहोस् र त्यसपछि आफ्नो अनुहार धुनुहोस् । धेरै ओइली छाला भएकाहरूले यसरी लगाउनु पर्छ तर सुख्खा छाला भएकाहरूले यसमा केही थोपा जैतुनको तेल मिसाएर लगाउनुहोस्। यसले तपाईंको छालामा चमक ल्याउनेछ।

–टमाटरको रस निकाल्नुहोस् र त्यसमा एक चम्चा मह मिसाउनुहोस्। पानीको केही थोपा वा गुलाब जल राख्नुहोस्, र यसलाई बर्फ ट्रेमा सेट गर्नुहोस्। यस क्यूबले आफ्नो अनुहारलाई बिस्तारै मसाज गर्नुहोस्। यो सुख्खा छालालाई हाइड्रेट गर्ने उत्तम तरिका हो।

–एक चम्चा दही, एक चम्चा टमाटरको रस र दुई थोपा जैतुनको तेल मिलाउनुहोस्। यो मिश्रणलाई राम्ररी मिलाएर ब्रसको मद्दतले अनुहार र घाँटीमा लगाउनुहोस्। बीस मिनेट पछि धुनुहोस्। यो प्याकले तपाईंको अनुहारलाई ताजगी दिनुका साथै हाइड्रेट बनाउँछ।

– तपाईंले कागतीको रस लिनु पर्छ। पिसेको टमाटरमा आधा कागतीको रस र एक चम्चा बेसार मिसाएर प्याक बनाउनुहोस्। यो प्याकलाई अनुहार र गर्दनमा २० मिनेटसम्म राख्नुहोस्। सुकेपछि त्यसलाई धुनुहोस्। छालाको ट्यानिङ कम गर्ने यो सरल उपाय हो।

–हामी सबैलाई मुलतानी मिट्टीको गुण थाहा छ। जब यो माटो टमाटरसँग मिसिन्छ, यसले फरक निखार दिन्छ। टमाटर पिसेर एक चम्चा मुलतानी मिट्टी, चार थोपा गुलाब जल र एक चम्चा ताजा करी पत्ताको पेस्ट हाल्नुहोस्। यस मिश्रणलाई आफ्नो अनुहार र घाँटीमा लगाउनुहोस्। बीस मिनेट पछि धुनुहोस् (सुकेसम्म राख्नुहोस्)। यसले छालामा चमक आउँछ ।

–एउटा कचौरामा टमाटर, आधा चम्चा चन्दन र एक चम्चा काँचो दूध मिसाएर पेस्ट बनाउनुहोस्। यसलाई अनुहार र गर्दनमा दल्नुहोस् । दस मिनेट पछि धुनुहोस् । यो चम्किलो छालाको लागि प्रभावकारी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप