सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

आइतबार, ०७ फागुन २०७९, १८ : ३६
आइतबार, ०७ फागुन २०७९

धनगढी । कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावत वडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको विनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।

विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाइकल पछाडि सवार खत्रीको झोलाबाट ७ फिट १० इन्च लम्बाई र चार फिट ७ इन्च चौडाइ भएको एक थान चितुवाको छाला र वन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप