सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागार्जुनबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

सोमबार, ०८ फागुन २०७९, १२ : १२
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । प्रहरीले काठमाडौँको नागार्जुनबाट जु्वातास खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ ।नागार्जुन नगरपालिका–८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप