पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनले मुलुकलाई अतुलनीय क्षति पुग्यो : महरा
सोमबार, ०८ फागुन २०७९, १३ : ४०
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पूर्व स्वास्थ्य मन्त्री तथा प्रध्यापक डा.मधुराप्रसाद श्रेष्ठको निधनले मुलुकलाई अतुलनीय क्षति भएको बताएका छन् । पार्टीको तर्फबाट एक विज्ञप्ति जारी गर्दै महराले श्रेष्ठको निधनले दुखित तुल्याएको बताएका हुन् ।
पूर्वमन्त्री श्रेष्ठले तत्कालीन नेकपा माओवादी र सरकारबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको महराले बताएका छन् ।