सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘छुकछुक छुकछुक’ गीतमा बेथितिविरूद्व जागरण

सोमबार, ०८ फागुन २०७९, १६ : १९
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । जागृत रायमाझीको शब्द तथा संगीतमा रहेको गीत ‘छुकछुक छुकछुक’ भएको छ । सुरज पण्डितको स्वर रहेको गीतमा संगीत संयोजनमा आभास श्रेष्ठको रहेको छ ।

गीतको भिडियो केदार श्रेष्ठले निर्देशन गरेका हुन् । मल्लाज प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा  भिडियोमा सुरज पण्डित, सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होम बहादुर आचार्य, अदिति आचार्य लगायत कलाकारको अभिनय छ ।

भानुभक्त थापा निर्माता रहेको भिडियोका छायांकार सम्पादन प्रतीक सिंह हुन् । ‘छुकछुक छुकछुक’ बोलको गीतले देशमा भएको बेथितिले गर्दा लाखौँ युवाहरु वैदेशिक रोजगारीका लागि विदेशीन बाध्य भएको कथालाई प्रस्तुत गरेको छ । 

वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरुद्ध आवाज उठाउन गीतले आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप