आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवा संघको महाधिवेशन गर्न १६ उपसमिति गठन

सोमबार, ०८ फागुन २०७९, १६ : २२
सोमबार, ०८ फागुन २०७९

काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले नवौं महाधिवेशन सम्पन्न गर्न ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ । 

आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेमा हुने संघको नवौं महाधिवेशन सफल पार्न अध्यक्ष किरण पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र १६ वटा उपसमिति गठन गरिएको युवासंघले जनाएको छ । 

मूल व्यवस्थापन समितिको सहसंयोजकमा उपाध्यक्षद्वय सन्तोष रावल र सुमन पुरीलाई तोकिएको छ ।

समितिमा केन्द्रीय कमिटीका सदस्यसहित महाधिवेशन हुने लुम्बिनी प्रदेशका सबै जिल्ला अध्यक्ष, प्रदेश तथा विभागीय सदस्यहरु समेत सदस्य रहेका छन् । 

हालै बसेको केन्द्रीय कमिटीको निर्णयसहितको सर्कुलर फागुन ८ जारी गर्दै युवा संघले चैत पहिलो सातासम्म वडा,पालिका तथा जिल्ला कमिटीको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ ।

युवा संघको केन्द्रीय कमिटीको तेस्रो बैठक मकवानपुरको हेटौंडामा बसेको थियो ।

yy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप