आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जर्मनको छ सदस्यीय संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा

सोमबार, ०८ फागुन २०७९, १९ : १८
सोमबार, ०८ फागुन २०७९

काठमाडौँ । जर्मनीको प्रतिनिधिसभा जर्मन बुन्डेस्ट्यागबाट दक्षिण एसियाली संसदीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । उक्त प्रतिनिधिमण्डल चारदिने औपचारिक भ्रमणका लागि सोमबार नपाल आइपुगेको हो ।

छ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले ७ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने नेपालस्थित जर्मनीको राजदूतावासले जनाएको छ । भ्रमणमा आउनेमा सांसद रेनाटे कुनास्ट, एन्ड्रियास लारेम, पॉल लेह्रिडर, रिया श्रोडर, डा. माल्टे काउफम्यान र डा।.आन्द्रे हान रहेका छन्  । यो भ्रमणले नेपाल र जर्मनीबीचको संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने दूतावासले जनाएको छ ।

प्रतिनिधिमण्डलले नेपालको आर्थिक रूपान्तरण, पर्यटन प्रवर्द्धन, नेपालको शान्ति प्रक्रिया र मानवअधिकार, महिला सशक्तीकरण, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था, कृषि र क्षेत्री सहयोगका साथै जर्मन–नेपाल विकास सहयोगलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप