सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागु औषधजस्तो देखिने पदार्थसहित २ जना पक्राउ

सोमबार, ०८ फागुन २०७९, २१ : ३३
सोमबार, ०८ फागुन २०७९

झापा । झापामा प्रहरीले लागु औषधजस्तो देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का सुरज कुँवर र सोही ठाउँ बस्ने सुरेश श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई भारतबाट नेपाल आउँदै गर्दा सोमबार भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट पक्राउ गरिएको हो । उनीहरुबाट मे ६ प ६२ नम्बरको मोटरसाइकल र ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद सामाग्री र उनीहरुमाथि थप अनुसन्धान भैरहेको जिप्रका झापाले जानकारी दिएको छ ।

ausadh
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप