आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यमनमा हुथी विद्रोहीको आक्रमण, ९ जनाको मृत्यु

सोमबार, ०८ फागुन २०७९, २३ : १०
सोमबार, ०८ फागुन २०७९

एडेन । यमनको उत्तरी प्रान्त अल–जावफमा रहेको सरकारी सेनाका टुकडीहरूमा हुथी विद्रोहीहरूले रातभरी गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ । “सरकारी सेना र हुथी लडाकुहरूबीच अबतार क्षेत्र र साउदी अरेबियाको सिमाना जोडिएको अन्य थुप्रै क्षेत्रहरूमा आइतबार रातभर सशस्त्र भिडन्त भएको थियो जसमा कम्तीमा चार सैनिक र पाँच विद्रोहीको मृत्यु भएको स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा बताएका छन् ।

“सरकारी सेनाले विद्रोहीको आक्रमणलाई रोक्न सफल भयो,” उनले भने । हुथीहरूले विगत केही समयदेखि साउदी अरेबियाको सीमावर्ती क्षेत्रमा तैनाथ यमनी सरकारी सेनामाथि आक्रमणलाई तीव्र पारेका छन् । गत वर्ष अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गरिएको युद्धविरामको म्याद सकिएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटफुट सशस्त्र भिडन्त ब्यहोरिरहेको छ 

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिसियाले थुप्रै उत्तरी सहरहरूमा आक्रमणलाई तीव्र पार्दै यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप