आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रियो इलेक्ट्रिक अटोे सिन्धुलीमा सार्वजनिक

सोमबार, ०८ फागुन २०७९, २३ : २४
सोमबार, ०८ फागुन २०७९

सिन्धुली । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा सार्वजनिक गरेको छ । महिन्द्रा एण्ड महिन्द्राका आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडीमा आइतबार ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । सो क्रममा नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल , उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका  साथै अग्नि अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थिति थियो । सोही अवसरमा ५ जना  ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो ।

 बिक्रेताद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्ने जनाइएको छ । 

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गरेको कम्पनीको भनाइ छ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्ने छ  । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने कम्पनीको भनाइ छ ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप