मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सन्दीपले नेपाललाई दिलाए पाँचौं सफलता

मङ्गलबार, ०९ फागुन २०७९, १० : ४५
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले पाँचौँ विकेट लिएका छन् । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डका टोमस म्याकिन्टोसलाई २२ औँ ओभरको चोथो बलमा १ रनमै क्याच आउट गराए । यसअघि नेपालका लागि कुशल मल्लले चौथो विकेट लिएका थिए । 

कुशलले क्रिस्टोफर म्याकब्राइड २१ औँ ओभरको दोस्रो बलमा २२ रन बनाएर आउट भए । उनलाई कुशल मल्लले एलबीडब्लू आउट गराए ।

यसअघि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका थिए ।  जर्ज मुन्जीलाई १३ ओभर ५ बलमा बोल्ड आउट गराएका हुन् ।   सन्दीपले १४औँ ओभरको अन्तिम बलमा रिची ब्रिनटनलाई एलबीडब्लू आउट गराएका थिए । 

यसअघि सन्दीपले ७ ओभर ५ औँ बलमा स्कटल्यान्डका केल कोट्जरलाई एलबीडब्लू आउट गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप