सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२०० शय्यामा सञ्चालन आयो हेटौंडा अस्पताल

मङ्गलबार, ०९ फागुन २०७९, १४ : ५९
मङ्गलबार, ०९ फागुन २०७९

मकवानपुर । नवनिमिर्तत भवनको उद्घाटन भएसँगै हेटौंडा अस्पताल २०० शय्यामा सञ्चालन भएको छ । यसअघि अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्यामा मात्र संचलनमा रहेका थियो । 

नयाँ भवनको निर्माण भएसँगै ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन ल्याइएको हो ।

संघीयता कार्यान्वयन पछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको रहेको उक्त अस्पतालको मंगलबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ स्थित हेटौंडा अस्पतालको परिसरमा नवनिर्मित भवनको उद्घाटन गरेकी थिइन् ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३० करोड रुपैयाँ, प्रदेश सरकार, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब ६ करोड रुपैयाँसहित ३६ करोड रुपैयाँको लागतमा तीन तले अस्पताल भवनको निर्माण गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवम् हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

२०१६ सालमा मकवानपुरको हेटौंडाको जिल्ला अस्पतालमा १२ शय्याको अस्पतालको स्थापना गरिएको र २०२२ सालमा हेटौंडा अस्पताललाई २२ शय्या सञ्चालनमा ल्याइएको थियो भने त्यसको केही समयमा ५० शय्या हुँदै हाल प्रदेश सरकारको लगानी र सक्रियतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत २०० शय्या सञ्चालनमा ल्याइएको उनले बताए ।

उक्त नवनिर्मित भवनबाट इमर्जेन्सी कक्ष, विभिन्न वार्डहरू, आइसियु कक्ष, भेन्टिलेटर सेवा, एक्स रे, अत्याधुनीक प्रयोगशाला, फार्मेसी सेवा, ओपीडी सेवा, सिटी स्क्यान सेवा लगायत अन्य उपचार सेवालाई सञ्चालन गरिएको अध्यक्ष प्रसाईँ बताए । अस्पतालमा नाक, कान, घाँटी, बाल रोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रसाईँले बताए ।

उनका अनुसार हाल हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकहरूसहितको सेवा दिँदै आएको र हाल २४ सै घण्टा सिटी स्क्यान सेवा, आइसियु सेवाहरू सञ्चालनमा रहेको छ । अस्पतालमा ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ३८७ जनाले सेवा प्रदान गरिरहेको उनले बताए । अस्पतालले केही समयमा नै एमआरआई सेवा र बालबालिकाका लागि एन आइसियु, पी आइसियु सेवा थप गर्ने तयारी भइरहेको उनको भनाई छ ।

निकट भविष्यमा अस्पतालले मिर्गौलाको प्रत्यारोपण, मुटु र पेट सम्बन्धी शल्यक्रिया उपचार सेवाहरू सुचारु गर्ने लक्ष्य रहेको उनको भनाई छ । उक्त सेवाहरूका लागि प्रतिष्ठानले संघीय सरकार र सम्बन्धित निकायलाई पत्राचार गरी कार्यान्वयन गर्ने तर्फ पहल भइरहेको उनले बताए ।

सो अस्पतालमा बागमती प्रदेशको चितवन, मकवानपुर, सिन्धुली र मधेस प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरूबाट बिरामीहरूलाई गुणस्तरीय उपचार सेवा पु¥याउँदै आएको उनको भनाई छ ।

नयाँ भवन निर्माण भएसँगै हेटौँडा अस्पतालले आफ्ना सेवाहरू र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरीय बनाउँदै अघि बढेको उनले बताए । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप