सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’ सार्वजनिक

मङ्गलबार, ०९ फागुन २०७९, १५ : ०६
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपाली पप रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

३ वर्षदेखि नेपाली रक संगीत क्षेत्रमा सक्रिय ‘झिल्के एण्ड दि कम्पनी’को भिडियोमा प्रनब केसीको निर्देशन र पीभीइ नेटवर्कको प्रवर्द्धन छ । गीतमा स्टिभ देवानको स्वर छ । 

प्रनब केसी र सुभेच्क्षा पौडेलको अभिनय रहेको सङ्गम राईको छायांकन रहेको भिडियोमा प्रनभ केसीको सम्पादन छ । 

गीत ‘झिल्के फायर इपी’ एल्बममा संग्रहित छ । गीतमा नौलो संगीत, सरल शब्द र मुखमा झुण्डिने लय राखिएको छ । ‘झिल्के एण्ड दि कम्पनी’ का गीतहरु युट्युब, स्पोटीफाइ, एप्पल म्यूजिकजस्तै सबै स्ट्रिम प्लेटफर्ममा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप