मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रोहितको अर्धशतक पूरा

मङ्गलबार, ०९ फागुन २०७९, १५ : २७
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि रोहित कुमार पौड्यलले अर्धशतक पूरा गरेका छन् । 

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले अर्धशतक पूरा गरेका हुन् । 

उनले ३० ओभरको पहिलो बलमा एक रन हान्दै ५० रन पूरा गरे । रोहितले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । 

रोहितको अर्धशतकसँगै नेपाल राम्रो अवस्थामा आएको छ । रोहितलाई अहिले क्रिजमा सन्दीप लामिछानेले साथ दिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप