आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

मङ्गलबार, ०९ फागुन २०७९, १७ : ३५
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौं । नागार्जुन नगरपालिका-२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्धव मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापासहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३३ हजार ६ सय रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप