आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बहराइनका राजाले प्रदान गरे सन्दुक रुइतलाई १४ करोड रुपैयाँ बराबरको पुरस्कार

मङ्गलबार, ०९ फागुन २०७९, १८ : ०२
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् । 

मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा.रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरिएको छ । 

उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण  बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान दिएका हुन् । 

सन् २००९ मा आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापना गरिएको यस्तो सम्मान प्रत्येक दुई वर्षको अन्तरालमा विश्वका जुनसुकै देशमा मानवतावादी सेवा गर्नेहरुलाई दिने गरिएको छ । 

डा.रुइतले नेपाल लगायत विश्वका धेरै देशमा गएर आँखा उपचारको सेवा प्रदान गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप