मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङ–भद्रपुर–झापा गोल्डकप : सङ्कटा सेमिफाइनलमा प्रवेश

मङ्गलबार, ०९ फागुन २०७९, १९ : ४५
मङ्गलबार, ०९ फागुन २०७९

झापा ।  भद्रपुरमा जारी प्रथम मुस्ताङ–भद्रपुर–झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै आज सङ्कटा क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।

मेची रङ्गशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा सङ्कटाका मनिष डाँगीले गरेको गोल नै निर्णायक भयो । उनले खेलको पाँचौँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको भद्रपुर ब्लेजर्स आक्रामक खेल खेले पनि पराजित हुन पुग्यो । आयोजकले खेल अवधिभर दर्जनभन्दा बढी अवसर बनाउँदा पनि सदुपयोग गर्न सकेन ।

सुरुआतमै दबाबमा परेको आयोजक गोल गर्न चुक्दा क्वार्टरफाइनलबाटै बाहिरनुप¥यो । आयोजक भद्रपुर ब्लेजर्सका दुई गोल बारमा ठोकिएर फर्किएका थिए । पहिलो गोलपछि भने सङ्कटाले थप गोल गर्न सकेन । त्यसपछि सङ्कटाले रक्षात्मक खेल खेल्यो । 

प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक टीकेन्द्रसिंह थापा घोषित भए । उनले नगद रु २० हजार पुरस्कार पाए । बुधबारको क्वार्टरफाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबबीच हुने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप