सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देव यू–१९ टोलीको कप्तान नियुक्त

मङ्गलबार, ०९ फागुन २०७९, २१ : १६
मङ्गलबार, ०९ फागुन २०७९

काठमाडौँ । देव खनालले यूएईमा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालको कप्तानी गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक विज्ञप्ति निकाल्दै देवलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।

क्यानले राष्ट्रिय टोलीका खेलाडी गुलशन झालाई यसअघि कप्तानीको जिम्मेवारी दिएको थियो । 

गुलशन नेपाली राष्ट्रिय टोलीले लिग २ अन्तर्गत यूएईमा सिरिज खेल्न जाने भएका कारण क्यानले उनको ठाउँमा देवलाई जिम्मेवारी दिएको हो । 

यू–१९ छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ । नेपाली टोली बुधबार त्यसतर्फ जानेछन् । 

नेपालसहित सिङ्गापुरपुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएई सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरसँग फागुन १२ गते प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप