आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीको ६ लेनमा रोपिएका बोटबिरुवा चोरी हुन थालेपछि मेयरले गरे यस्तो अपिल

बुधबार, १० फागुन २०७९, ०७ : १४
बुधबार, १० फागुन २०७९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले नगरको सौन्दर्यकरणको लागि रोपिएका बोटबिरुवा चोरी हुन थालेपछि संरक्षणको लागि सार्वजनिक अपिल गरेका छन् ।

धनगढी उपमहानगरपालिका स्थित छ लेन सडकको मेडियनमा रोपिएका बोटबिरुवाहरू दिनहुँ चोरी हुन थालेपछि मेयर हमालले सो अपिल गरेका हुन् । 

उपमहानगरपालिकाका अनुसार चटकपुर खण्डमा रोपिएका ८ वटा र राजपुर खण्डमा रोपिएका ४ वटा गरी १२ ओटा बोटबिरुवा चोरी भएका छन् ।

साथै सो छ लेनमा रोपिएका बोटबिरुवा संरक्षणको लागि लगाइएका तार जाली माथिबाट यात्रुहरूले बाटो क्रस गरिदिँदा तार जाली समेत भाँचिन थालेको बताइएको छ ।

मेयर हमालले नगरको सौन्दर्यकरण गर्न लाखौं रकम खर्च गरी बोटबिरुवा रोपिएको र तार जाली लगाइएको बताउँदै त्यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने अनुरोध गरेका हुन् ।

उनले भने, ‘यो चरम आर्थिक मन्दीको बेला हामीले जनताकै करबाट आएको पैसा खर्च गरी प्राथमिकरण गरी नगरको सौन्दर्यकरण गर्न हाई मास्ट बत्ती लगाएका छौ । बोटबिरुवा रोपेका छौ । यसमा लगाएको पैसा माथिबाट खसेको पैसा होइन । तार जाली लगाएका छौ । जनशक्ति परिचालन गरी दैनिक सिँचाइ गरेका छौ । सभ्य, जिम्मेवारी नागरिक तथा नगरबासीको परिचय दिऊँ ।’

Meyor Gopal Hamal

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप