सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
पहेँलपुर खोकना र बुंगमती, तस्बिरमा हेर्नुहोस्
फोटो

पहेँलपुर खोकना र बुंगमती, तस्बिरमा हेर्नुहोस्

बुधबार, १० फागुन २०७९

ललितपुर । तोरीको तेलको लागि निकै ख्याति कमाएको स्थान हो, खोकना र बुंगमती । अहिले सोही क्षेत्र तोरी फुलेर पहेँलपुर बनेको छ । गरागरा र फाँटमा लगाइएको तोरी फुलेर पहेँलपुर बनेपछि यहाँको सुन्दरता निकै बढेको छ । 

बढ्दो सहरीकरणसँगै तोरी व्यवसायबाट पलायन हुने क्रम बढ्दै गएपछि पहिला लहलह तोरी फुल्ने खेतहरू कतै बाँझो छन् त कतै प्लटिङ भइरहेका छन् । तर पनि खोकनाले आफ्नो तोरीको तेलको कारण स्थापित गरेको परिचय भने गुमाइसकेको छैन ।

परम्परागत रूपमै भए पनि किसानहरूले अहिले पनि तोरी खेती गरिरहेका छन् । यहाँको तोरीको तेल किन्नको लागि मानिसहरू पुग्ने गरेका छन् तर उत्पादन भने तुलनात्मक रूपमा घट्दै गएको छ ।

तुलनात्मक रूपमा उत्पादन र खेती घटे पनि खोकनाले अझै पनि आफ्नो पहिचान भने गुमाइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया