आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालपे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

बुधबार, १० फागुन २०७९, १२ : ३७
बुधबार, १० फागुन २०७९

काठमाडौँ ।  बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्युआरमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्ट क्युआरमा आबद्ध गरिनुले नेपालमा यससम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्घनमा थप मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ । 

नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्इुऋँर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । 

हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्युआरमा आबद्ध हुन सक्दछन् भने  १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान र पेको सुविधा लिन सकिनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप