सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्मलको ‘पागल’ मा रोमान्टिक अवतारमा सुरज र सुस्मिता

बुधबार, १० फागुन २०७९, १२ : ५८
बुधबार, १० फागुन २०७९

काठमाडौँ । गायक निर्मल दाहालले ‘पागल’ बोलमा नयाँ गीत ल्याएक छन् । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठ, सुस्मिता केसी, सुशान्त महर्जन, सेमाङ बोस लगायतको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियो सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

रविन विक्रम कार्की र पेम्बा मोक्तानको छाँयाकन, लोकेन्द्र सुब्बाको सम्पादन रहेको भिडियो गायक दाहालकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायक दाहालका यस अगाडि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलका गीतले चर्चा पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप