सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विश्वकपमा नेपाललाई छनोट गरेर फर्कनेछौं : देव खनाल

बुधबार, १० फागुन २०७९, १३ : १०
बुधबार, १० फागुन २०७९

काठमाडौँ । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले नेपाललाई विश्वकपमा छनोट गरेर ल्याउने सपना भएको बताएका छन् । नेपाल लामो समयसम्म पनि विश्वकप छनोट नभएका हुँदा यो पटक टिमको सम्भावना भएको बताए । नेपाल आर्यसीसी यू–१९ विश्वकप एसिया क्षेत्र डिभिजन १ को छनोटका लागि यूएई गएको छ । नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन् । त्यस्तै नेपालले जगत टमाटाको प्रशिक्षकत्वमा खेल्नेछ ।

‘यसपटक नेपालको विश्वकपमा छनोट हुने राम्रो सम्भावना छ । नेपाललाई यो सफलता दिलाउन सके मलाई पनि राष्ट्रिय टोलीमा आउने वातावरण खुल्नेछ । हाम्रो टिम अहिले सन्तुलित छ,’ खनालले भने । उनले नेपाली यू–१९ टोलीको कप्तानको जिम्मेवारी पाउँदा आफूलाई धेरै खुसी लागेको बताए । उक्त जिम्मेवारीलाई आफूले पूर्णतया राम्रो तरिकाले निभाउने कुरामा पनि विश्वस्त भएको बताए ।

‘टिमको महत्वपूर्ण जिम्मेवारी पाउँदा धेरै खुसी लागेको छ । यो जिम्मेवारीलाई म कुशलताका साथ निभाउनेछु । टिमको जिम्मेवारी नै मेरो हो,’ खनालले भने । नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप