मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

हामी फेरि च्याम्पिन्स लिग जित्न चाहन्छौं : बेन्जिमा

बुधबार, १० फागुन २०७९, १४ : ०२
बुधबार, १० फागुन २०७९

एजेन्सी ।  स्पेनिस क्लब रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले आफूहरु फेरि च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक भएको बताएका छन् । मंगलबार भएको खेलमा रियलले प्रिमियर लिग क्लब लिभरपुललाई ५–२ गोल अन्तरले हाराएको थियो । उक्त खेलमा बेन्जिमाले दुई गोल गरेका थिए ।

रियल लिभरपुलको घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थमा ५–२ गोलको जित निकाल्न सफल भएको थियो । ‘हामीले आफ्नो वास्तिविक खेल खेल्यौं । हामी यो च्याम्पियन्स लिग उपाधि यो सिजन पनि जित्न चाहन्छौं । रियलको यो खेलले आफ्नो वास्तविक लय पनि देखाएको छ,’ बेन्जिमाले भने ।

लिभरपुलविरुद्धको जितमा बेन्जिमाले दुई ठूला रेकर्ड पनि बनाएका छन् । उनी लिभरपुलविरुद्ध एनफिल्डमा ६ गोल गर्ने पहिलो पाहुना युरोपियन खेलाडी बनाएका छन् । त्यस्तै उनी च्याम्पियन्स लिगका लगतार १८ खेलमा गोल गर्ने खेलाडी पनि बनेका छन् ।

‘खेलको सुरुवाती १५ मिनेटमा हामी कमजोर भएका थियौं । हामी लिभरपुलको प्रदर्शनलाई कुरिरहेका थियौ । त्यसपछि हामीले वास्तविक खेल देखायौं,’ बेन्जिमाले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप