सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

९ किलो चरेशसहित ३ जना पक्राउ

बुधबार, १० फागुन २०७९, १५ : १८
बुधबार, १० फागुन २०७९

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट आरोपीहरुको साथबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा रोल्पाको थवाङ्ग गाँउपालिका–५ घर भएका ४४ वर्षिय कुमार पुन, दाङको लालमोटिया घर भएका ३९ वर्षिया पुनम पुन र ४१ वर्षिया दिलमाया पुन छन् । 

बिओपी फुलवारीबाट खटिएको टोलीले भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा चरेश भेटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्तान शैलेन्द्र थापाले जानकारी दिए । आरोपीहरुलाई बरामद चरेशसहित जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप