सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो दयाहाङ र प्रकृतिको ‘बिहे पास’

बुधबार, १० फागुन २०७९, १९ : २६
बुधबार, १० फागुन २०७९

काठमाडौँ । फिल्म ‘बिहे पास’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ पति पत्नीको रुपमा देखिएका छन् । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरिमेटेको देख्न सकिन्छ ।

प्रवेश पौडेलको निर्देशनमा रोहित कट्टेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका अलवा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नविन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालको छायांकन रहेको फिल्ममा प्रवेश मल्लिकको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र मित्र गुरुङले सम्पादन छ ।

मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

आरआर फिल्म प्रोडक्शनको निर्माण र वितरण रहेको फिल्म पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको हो । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्मलाई निर्माण पक्षले नयाँ वर्ष २०८० को दर्शकलाई उपहार स्वरुप वैशाख १ गते प्रदर्शन गर्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप