आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा बिहीबारदेखि सातौँ जिल्ला स्तरीय कराँते प्रतियोगिता

बुधबार, १० फागुन २०७९, २० : १७
बुधबार, १० फागुन २०७९

बारा । बारामा बिहीबारदेखिसातौँ जिल्ला स्तरीय नेपाल सितोरियो कराँते प्रतियोगिता सुरु हुने भएको छ ।  जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित शान्ति टोल खेल मैदानमा ३ दिनसम्म कराँते प्रतियोगिता आयोजना हुन लागेको हो ।  

नेपाल सितोरियो कराँते शाखा डोजोले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा २० केजी देखि ६८ किलोसम्म तौल भएका बालकदेखि वृद्धसम्मले प्रतियोगितामा भाग लिन सक्ने जानकारी दिएको छ । कार्यक्रमका संयोजक तथा प्रशिक्षक मनोज साहले 

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको साथै मेडल र सिल्डसमेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा ४ लाख ३५ हजार ५ सय अनुमानित खर्च लाग्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप