आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुबईको सिनेमा फेष्टबारे बोर्डप्रति कलाकार संघले उठायो प्रश्न

बुधबार, १० फागुन २०७९, २० : ५८
बुधबार, १० फागुन २०७९

काठमाडौँ । चलचित्र विकास बोर्डले केही दिन पहिले दुबईमा आयोजना गरेको ‘नेपाली सिनेमा फेष्ट २०२३’ का बारेमा चलचित्र कलाकार संघले विभिन्न प्रश्न उठाएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै फेष्टाप्रति आफ्नो ध्यानाकर्षण भएको समेत जनाएको हो ।

कलाकार संघका महासचिव चेतबहादुर सिंहद्वारा बुधवार जारी विज्ञप्तिमा नेपाली चलचित्रको विकाश र विस्तारका लागि यसप्रकारका आयोजना गरिनु स्वागत योग्य कुरा भएपनि यसले चलचित्र क्षेत्रको विकाश र विस्तारमा के–कस्तो प्रभाव छोड्छ ? भन्ने जिज्ञासा गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसको दीर्घकालीन असर चलचित्र क्षेत्रमा कस्तो पर्छ त्यो महत्वपूर्ण मात्र होइन, चलचित्र उद्योगको गरिमामा कति असर पर्छ, त्यो मननयोग्य हुन आउँछ ।’ 

संघले उठाएको प्रश्न 

१) प्रदर्शन गर्ने चलचित्रको सहभागिताको लागि सार्वजनिक सूचना जारी गरी सहभागिता जनाउन के कस्तो प्रक्रिया अपनाइएको थियो वा थिएन ?

२) सूचना जारी बोलपत्रको आह्वान गरेर निजी कम्पनीसँग सहकार्य गरिएको हो वा होइन ?

३) वार्डका पदाधिकारी, कर्मचारी, गैर कलाकार र परिवारलाई टोलीमा समाविष्ट गरिएको हो वा होइन ?

४) सरकार आयोजक भएको कार्यक्रममा निजी अवार्डको घोषणा भएको हो वा होइन ?

५) संघ, संस्था तथा चलचित्र क्षेत्रको विशिष्ट व्यक्तिलाई बेवास्ता गरिनु सहभागी नगराइनु ।

६) आयोजना अगाडि वार्डका सल्लाहकारहरुले राजीनामा गरिनु । 

७) प्रचार गरिएका चलचित्र सहभागी नहुनु ।

८) सरकारी आयोजनाको कार्यक्रममा चलचित्रको टिकट बिक्री वितरण गरिनु ।

नेपाल सिनेमा फेष्ट २०२३ को औचित्य पुष्टि गर्न विकाश बोर्डलाई संघले अनुरोध समेत गरेको छ । 

ff

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप